दार्चुलामा पहिलो पटक हेलिकप्टरबाट सुत्केरी महिलाको  उद्दार

४ बर्ष अघि

२0७६ आश्विन ७ मंगलवार

दार्चुलामा पहिलो पटक हेलिकप्टरबाट सुत्केरी महिलाको  उद्दार

असोज ७ दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका वडा नं.३ मा रहेको स्वास्थ्य चौकी खारमा सोमबार तीन छोरीको जन्मदिएकी मानमति धामीको स्वास्थ्यमा सुधार नभएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । नौगाड गाउँपालिका–२ काकनाडी चौखुट्टे बस्ने वर्ष २५ की मानमती धामीले सोमबार दुर्गम क्षेत्रमा रहेको वर्थिङ सेन्टरमा ३ वटा छोरीको जन्म दिएकी हुन ।  सोमबार स्वास्थ्य चौकी खारमा रहेको प्रसूती गृहमा  बच्चा जन्माएको तर आमा र बच्चाको  उपचार सम्भव नभएपछि मंगलबार विहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । धामीको अहिले नेपालगंजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले जानकारी दिए । सरकारले हिमाली र विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुको जीवनरक्षाका लागि सञ्चालन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत धामीको हेलिकप्टरबाट उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी बिष्टले बताउनुभयो ।