जमन बडालको दोश्रो प्रस्तुति ‘मन कि दरी’ सार्वजनिक

५ बर्ष अघि

२0७६ आश्विन ४ शनिबार

जमन बडालको दोश्रो प्रस्तुति ‘मन कि दरी’ सार्वजनिक

 दृष्टिकोण समाचार, ४ असोज दार्चुला । दार्चुला जिल्ला महाकाली नगरपालिका ९ दत्तुमा बस्ने जमन बडालको सुदुरपश्चिमेली लोक डेउडा गित ‘मन कि दरी’ सार्वजनिक भएको छ । उक्त गितलाई मालिकार्जुन म्युजिक प्रालिकाले बजारमा ल्याएको हो । पहिलो डेउडा गित सुटुक्कै बजारमा ल्याएपछि श्रोताहरुले मन पराएको बताउने सर्जक बडालले आफ्नै जन्मभूमिको सम्झनामा दाश्रो एल्बम ल्याएको बताए । कक्षा १० मा अध्यनरत बडालले सानै उमेरमा दुईवटा गित बजारमा ल्याएका छन् । यस गितमा भानुभक्त जोशी र गौरी भट्टको स्वर रहेको छ । गितमा निकै मार्मिक र गहकिला शब्द रहेका छन् ।