दार्चुलामा संविधान दिवस (फोटो फिचर) 

५ बर्ष अघि

२0७६ आश्विन ३ शुक्रबार

दार्चुलामा संविधान दिवस (फोटो फिचर) 

रमेश खत्री असोज ३ दार्चुला । नेपालको संविधान २०७२ जारी भएको दिन असोज तीन गते आज देशैभर विविध कार्यक्रम गरी संविधान दिवस मनाईएको छ । दार्चुला जिल्लामा संविधान दिवस आयोजक मुल समारोह समितिको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाईएको छ । दिवसको पुर्व सन्ध्यामा मैत्रीपुर्ण फुटबल प्रतियोगिता गरिएको छ । आज जिल्ला सदमुकाम खलंगा बजारमा प्रभात फेरी गरी खुल्ला मञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्कीको अध्यक्षतामा भएको औपचारिक समारोहमा सुदूरपश्मि प्रदेशका सांसद गेल्बु सिह बोहरको प्रमुख आतिथ्यता रहेको थियो भने महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, जिल्ला न्यायाधिश गिरीराज गौतम, प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्ट विशिष्ट अतिथी रहेका थिए ।

सविधान दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै प्रदेशसभा सदस्य गेल्बु सिह बोहराले नेपालमा संविधान लागु भएको चार बर्ष भएको र अहिले नै संविधानले भने अनुसार सबै नेपालीले अधिकार प्रत्याभुति गर्न नसक्ने बताउनु भयो । अहिले बालक अवस्थामै रहेको संविधान कार्यान्वयनको चरणमा रहेको हुनाले यसको प्रतिफल पाइनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो । संविधान दिवसकै अवसरमा महाकाली नगरपालिका भित्र रहेका माध्यमिक विद्यालयहरुबीच नृत्य प्रतियोगीता सञ्चालन गरिएको छ । आठवटा विद्यालय सहभागि रहेको उक्त प्रतियोगितामा महेन्द्र नमुना मावि प्रथम, छन्ना तिङ्करी कन्या मावि द्धितिय, पशुपती शिक्षा मन्दिर तृतिय र मालिकार्जुन मावि धापले सान्वतना स्थान हासिल गरेका छन् ।

प्रतियोगीताका विजेतहरुले क्रमशः नगद पाँच हजार, तीन हजार, दुईहजार र एक हजार रुपैँया प्रमाणपत्र पुरष्कार प्राप्त गरेका छन् । यसैबीच सँबिधान दिवसको अवसरमा असोज १ र २ गते मैत्रिपुर्ण फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो । नेपाल निजामती कर्मचारी, राजनीतिक दल, व्यापारी र पत्रकारहरुबीच फुटबल प्रतियोगिता सम्पन्न भएको हो । फुटबल प्रतियोगिताको उपाधी नेपाल पत्रकार महासंघले हात पारेको छ । संविधान दिवस चारदिन सम्म विविध कार्यक्रम गरी मनाउनु पर्ने मुल आयोजक समितिले जनाएको छ । सोही अवसरमा साँझ सरकारी कार्यालय तथा घरघरमा दिपावली गरिनेछ ।