महाकाली नदीमा एकजना बेपत्ता ।। 

५ बर्ष अघि

२0७६ भाद्र ३१ मंगलवार

महाकाली नदीमा एकजना बेपत्ता ।। 

रमेश खत्री भाद्र ३१ दार्चुला । महाकाली नदीमा एक युवक बेपत्ता भएका छन् । महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगडबाट एक युवक महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहीले बताउनु भयो । महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगडका सहदेव बोहरा आज विहान महाकाली नदीमा बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीका अनुसार बोहराले महाकाली नदीमा हाम फालेका थिए । बोहराको मानसिक अवस्था पनि ठिक नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेपत्ता बोहराको खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताउनु भयो ।