भ्रष्टाचारमुक्त समाज निर्माणको अभियान्ता दार्चुलामा

५ बर्ष अघि

२0७६ भाद्र २८ शनिबार

भ्रष्टाचारमुक्त समाज निर्माणको अभियान्ता दार्चुलामा

दृष्टिकोण समाचार, २७ भाद्र दार्चुला । खोटाङ जिल्ला दिक्तेल नगरपालिका घर भई भ्रष्टाचार मुक्त समाज र राष्ट्र निर्माणको अभियान बोकेर नेपालका सबै जिल्लाको भ्रमणमा रहेका युवा कर्ण श्रेष्ट दार्चुला पुगेका छन् ।
२०७५ चैत्र ३ गतेबाट यात्रा सुरु गरेका श्रेष्ठले ६७ औँ जिल्लाको रुपमा दार्चुला पुगेका हुन् । दार्चुला जिल्लामा पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले हाम्रो देशमा मौलाएको भ्रष्टाचारको अन्त्य गर्नका लागि एक जनाको प्रयासले मात्रै नहुने भएपनि सबैले आ—आफ्नो क्षेत्रबाट जुट्नु पर्ने बेला आएको बताउनु भयो ।
आफ्नै देशमा उत्पादित सामाग्रीको प्रयोग, व्यवसायिक तथा प्राविधिक शिक्षा र नेपालसँग भएको श्रोत साधनको सदुपयोग गर्न सकेपछि मुलुकले कोल्टे फेर्ने बताए । आफुले धार्मिक पर्यटन, भ्रष्टाचार मुक्त समाज लगायत राष्ट्रको समृद्धिको अभियानलाई नेपालको सबै जिल्लामा पु¥याउने र सबैलाई सन्देश दिन पहल गरिरहेको बताए । दार्चुलाबाट कर्ण श्रेष्ठ कञ्चनपुर र कैलालीको यात्रामा शुक्रबार निस्केका छन् ।