पहिचानका लागि एकजुट बनौः सर्मिला बागचन्द

५ बर्ष अघि

२0७६ भाद्र २७ शुक्रबार

पहिचानका लागि एकजुट बनौः सर्मिला बागचन्द

दृष्टिकोण समाचार, भाद्र २७ दार्चुला । संघिय दलित सिल्पी मञ्च नेपालको आयोजनामा शुक्रबार दार्चुला जिल्लामा दलित समुदायको भेटघाँट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित समुदायका जेष्ठ नागरिक प्रेमसिह लोहारको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संघिय दलित सिल्पी मञ्च नेपालकी केन्द्रीय महासचिव सर्मिला बागचन्दले आफ्नो पहिचानको लागि अब एकजुट हुनुपर्ने समय आएको बताइन् । संघिय लोकतान्त्रीक गणतन्त्र नेपालमा अहिलेको २१ औँ शताब्दीमा आईपुग्दा सम्म दलितहरुलाई चौतर्फी रुपमा अधिकारबाट बञ्चित गराईनु संविधानको मर्म विपरित भएको भन्दै आफ्नो पहिचानको लागि सबै दलित समुदायले राजनीति भन्दा माथि उठेर संघर्ष गर्नु पर्ने धारणा राख्नु भयो । दार्चुला जिल्ला भएको कार्यक्रममा पहिचानको पक्षधर रहेका खसआर्य समुदायको आन्दोलनमा लागेका रघुविरसिह ठगुन्नाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा दार्चुला जिल्लामा रहेका दलित अगुवा राष्ट्रिय दलित आयोगका सदस्य समेत रहेका परदेशी सुनार, नेता मनविर दमाई, मातादेबी ओखेडा, दिवान सुनाम, सिमा सुनाम लगायत दलित अगुवा तथा महिला पुरुषहरुको सहभागिता रहेको थियो । आज भएको अन्तरक्रिया कार्यक्रमले नविन सिलालको अध्यक्षतामा सात सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनील सुनाम, सचिव अभिसा ओखेडा, र कोषाध्यक्षमा गोविन्दी परियारलाई चयन गरेको छ ।