दृष्टिकोण समाचार, भाद्र २७ दार्चुला । प्रत्येक महिना बजार अनुगमन गर्नु पर्ने प्रावधान अनुसार शुक्रबार दार्चुला सदरमुकाम खलंगामा बजार अनुगमन गरिएको छ । जिल्ला पै्रशासन कार्यालय दार्चुलाको नेतृत्वमा दार्चुला उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति, महाकाली नगरपालिका तथा पत्रकार महासंघको टोलीले दार्चुला बजारमा रहेका २० वटा पशलहरुमा अनुगमन गरेको छ । जस अन्तरगत उद्योग तर्फ होटेल, मासु पशल, डेरी लगायतका ११ वटा, बाणिज्य तर्फ खुद्रा तथा किराना पशल ७ र २ वटा पशल दर्ता नभएको गरी २० वटा पशलमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा म्याद नाघेका सामान १३ पेटी चाउचाउ बरामद गरी जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको छ । चाडबाडको अवसरमा उपभोक्ता ठगिनबाट बचाउन तथा कालोबाजारी नियन्त्रण, अखाद्यबस्तुको विक्रिवितरणलाई रोक्न तथा उपभोक्ता हितका लागि बजार अनुगमन गर्नु पर्ने कानुनी प्रावधान रहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरले जानकारी दिनुभयो ।