महाकाली लोकमार्ग अबरुद्ध, भर्तोलामा पहिरो

५ बर्ष अघि

२0७६ भाद्र २७ शुक्रबार

महाकाली लोकमार्ग अबरुद्ध, भर्तोलामा पहिरो

दृष्टिकोण समाचार, भाद्र २७ दार्चुला । भाद्र महिनाको अन्तिम तिर परेको अविरल बर्षाका कारण महाकली लोकमार्गमा पर्ने खहरे खोलाहरुले सडक अबरुद्ध गरेपछि दुई दिन देखि यात्रुहरुले दुःख पाएका छन् । भाद्र २५ गते राती परेको बर्षाका कारण महाकाली नगरपालिका ८ काँकडामा रहेको काँकडा खोलाले सडक अबरुद्ध गरेको एकदिन पछि विहिबार राती परेको पानीले मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भार्तोलामा फेरी बाटो अबरुद्ध भएको छ । बर्षाले भार्तोला खोलामा पहिरो परेपछि शुक्रबार विहानै देखि महाकाली लोकमार्ग अबरुद्ध छ । दार्चुला जिल्लाबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु भर्तोलामै रोकिएका छन् ।
भर्तोला खोलामा रहेको पुल नजिकै माथीबाट पहिरो खसेपछि बाटो अबरुद्ध भएको हो । बाटो खुलाउन सडक विभागका कामदारहरु प्रयास गरिरहेका छन् ।