कालापानी काठमाडौँलाई किन दुख्दैन ?

५ बर्ष अघि

२0७६ भाद्र २७ शुक्रबार

कालापानी काठमाडौँलाई किन दुख्दैन ?

दृष्टिकाेण समाचार भाद्र २७ दार्चुला । भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ताको राष्ट्रबादी मुद्दा उठान गर्दै राष्ट्र र राष्ट्रियताका लागि लड्दा लड्दै प्राण आहुती गरेका राष्ट्रबादी नेता प्रेमसिह धामीको आज २२ औँ स्मृति दिवस मनाइएको छ ।   २००९ साल भाद्र २९ गतेका दिन दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मालिकार्जुनमा जन्मिएका प्रेमसिह धामीको २०५४ साल भाद्र २७ गते नुवाकोट जिल्लाको क्युरिनी भीरमा जिप दुर्घटनामा परि मृत्यु भएको थियो । राष्ट्रियताका लागि राजनीति गर्ने देशभक्त राजनेता प्रेमसिह धामीको २२ औँ स्मृतिमा आज मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा प्रेमसिह धामी स्मृति प्रतिष्ठान तथा दार्चुला जिल्लामा नेकपाका नेता कार्यकर्ताहरुले धामीको सालिकमा पुष्पगुच्छा तथा अविर माला लगाएर स्मृति दिवस मनाएका छन् ।  नेकपाका जिल्ला अध्यक्ष गणेश खत्री, नेकपाका नेता एवं प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा, नेकपाका जिल्ला सचिव उदयसिह बडाल लगायत नेता कार्यकर्ताहरुले प्रेमसिह धामीको सालिकमा विहान माल्यार्पण गरेका छन् । 
स्वर्गिय नेता धामीले उठाएका मुद्दाहरु ओझेलमा परेको भन्दै बेलाबेला बहस हुने गरेपनि दार्चुला जिल्लाबाट उहाँले नेपाली राजनीतिमा केन्द्रसम्म गरेको योगदानको अहिलेसम्म कदर हुन सकेको छैन् ।  स्वर्गिय धामीको स्मृति दिवसमा सम्झाना बाहेक अहिलेको पार्टीपङ्ती उहाँले देखाएको मार्गचित्रलाई पछ्याउन सकेको छैन् ।