परीक्षा केन्द्र स्थापनाको लागि संसदमा दबाव 

५ बर्ष अघि

२0७६ भाद्र २६ बिहीबार

परीक्षा केन्द्र स्थापनाको लागि संसदमा दबाव 

दृष्टिकोण समाचार, भाद्र २६ दार्चुला । आगामी असोज ९,१०, र ११ गते शिक्षक सेवा आयोगले लिने अध्यापन अनुमती पत्रको परीक्षा केन्द्र दार्चुलामा स्थापना गर्नु पर्ने माग राख्दै दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधी सभा सदस्य गणेशसिह ठगुन्नाले संसदमा दबाब सहितको माग रहेको छ । शिक्षक सेवा आयोगले अध्यापन अनुमती पत्रको परीक्षाका लागि दार्चुला र बैतडी जिल्लाको परीक्षा केन्द्र बैतडीमा कायम गरेपछि दार्चुला जिल्लाका परीक्षार्थीहरुलाई विभिन्न कठीनाई हुने भन्दै साँसद ठगुन्नाले शिक्षक सेवा आयोग र संसद मार्फत शिक्षा मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।