हिन्दु राष्ट्र जनजागरण कार्यक्रम हुन

५ बर्ष अघि

२0७६ भाद्र २६ बिहीबार

हिन्दु राष्ट्र जनजागरण कार्यक्रम हुन

 दृष्टिकोण समाचार, भाद्र २६ दार्चुला । नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीले असोज २ गते हिन्दु राष्ट्र जनजागरण अभियानको प्रशिक्षण कार्यक्रम गर्ने जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको बीहिबार बसेको जिल्ला कार्य समिति बैठकले हिन्दु राष्ट्रको पक्षमा प्रशिक्षण कार्यक्रम गर्ने राप्रपा दार्चुलाका अध्यक्ष बिरसिह बडालले जानकारी दिनुभयो । उक्त कार्यक्रममा पार्टीका नगर तथा गाउँपालिका प्रमुखहरुको अनिवार्य उपस्थिति गर्नु पर्ने निर्णय गरेको छ । साथै बैठकमा नौगाड गाउँपालिकाका जयमल सिह ठगुन्ना र भूपु हवल्दार अंगबीरसिह धामीलाई पार्टी प्रबेश गरेकोमा अबिर लगाएर स्वागत गरेको छ । साथै भूपु हवल्दार अंगबीरसिह धामीलाई राप्रपा प्रहरी परिषद गठन र विस्तारका लागि संयोजक समेत चयन गरेको अध्यक्ष बिरसिह बडालले जानकारी दिनुभयो ।