सशस्त्र प्रहरी हवल्दार तिनदिन देखि बेपत्ता

५ बर्ष अघि

२0७६ भाद्र २६ बिहीबार

सशस्त्र प्रहरी हवल्दार तिनदिन देखि बेपत्ता

 रमेश खत्री भाद्र २६ दार्चुला । सशस्त्र प्रहरी बल २६ नम्बर गण नवलपरासीमा कार्यरत शसस्त्र प्रहरी हवल्दार रमेश सिह धामी भाद्र २३ गते बाट घर आउने क्रममा कैलालीको अत्तरियाबाट हराएका छन् । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मालिकार्जुन घर भएका धामी बुवाको उपचार गर्न घर आउने क्रममा कैलालीको अत्तरीयाबाट सम्पर्क विहिन अवस्थामा रहेको उनका भाई प्रजापती धामीले बताउनु भयो । उहाँका बुवा उपचारको शिलशिलामा धनगढीमा रहेका छन् । भाद्र २३ गते बेलुकीबाट धामी सम्पर्कमा नआएपछि अहिले उनको खोजि कार्य भईरहेको छ ।