स्याउजोन र ओखरजोन कार्याक्रम सम्बन्धी अभिमुखिकरण गोष्ठी ।

५ बर्ष अघि

२0७६ भाद्र २५ बुधबार

स्याउजोन र ओखरजोन कार्याक्रम सम्बन्धी अभिमुखिकरण गोष्ठी ।

 रमेश खत्री भाद्र २५ दार्चुला दार्चुला जिल्लाको ९ वटै स्थानीय तहहरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत गत आर्थिक बर्षबाट लागु भएको स्याउजोन तथा ओखरजोन कार्यक्रम सम्बन्धी बुधबार अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गत आर्थिक बर्ष देखी दार्चुला जिल्ला स्याउजोन कार्यक्रम लागु गरिएकोमा पाँच सय हेक्टर क्षेत्रफलमा खेती विस्तार गर्न्ु पर्ने भएपछि जिल्लाका सबै स्थानीय तहहरुलाई समेटेर ओखरजोन पनि बनाइन लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम दार्चुलाका प्रमुख बिष्णुप्रसाद ओझाले जानकारी दिनुभयो । स्याउजोन कार्यक्रम संचालक समितिका जिल्ला अध्यक्ष कपुरसिह धामीले दार्चुला जिल्लामा स्याउको व्यवसायिक उत्पादन गर्न सम्भावना भएपनि हाइबे्रट स्याउका बीउ ल्याउन भौगोलिक समस्या, कृषकको उत्पादनलाई बजारीकरण गर्नु, आधुनिक खेती प्रणाली गर्न प्राविधिक समस्या तथा स्थानीय सरकारहरु र कार्यक्रमबीच समन्वय तथा सहयोग जस्ता चुनौतीहरु रहेको बताउनु भयो ।

साथै स्याउजोन कार्यक्रम अन्तरगत जिल्लामा रहेको कार्यालयमा दशजनाको दरबन्दी रहेकोमा हाल एकजना मात्रै स्थायी कर्मचारी भएकाले जनशक्तिको अभाव रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम दार्चुलाका प्रमुख बिष्णु प्रसाद ओझाले बताउनु भयो । जिल्ला समन्वय प्रमुख करविर बहादुर कार्कीको अध्यक्षता र महाकाली नगरपालिका नगरप्रमुख हंसराज भट्टको प्रमुख आतिथ्यतामा कार्याक्रम गरिएको हो । कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख सबै स्थानीय तहका प्रमुख उपप्रमुख तथा कृषक लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थिया ।