पहिरो पीडितको ज्ञापन पत्र, क्षतिपुर्ति र पुर्नस्थापनको माग  

५ बर्ष अघि

२0७६ भाद्र १९ बिहीबार

पहिरो पीडितको ज्ञापन पत्र, क्षतिपुर्ति र पुर्नस्थापनको माग  

रमेश खत्री भाद्र १९ दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं.९ दतुमा डोजरले सडक निर्माण गर्दा महाकाली नगरपालिका ९ दत्तुका कम्तिमा २० घर परिवार पहिरोको जोखिममा परेका छन् । पहिरोका कारण विस्थापित भएका पीडित परिवारलाई नगरपालिकाबाट क्षतिपुर्ति दिन र उनिहरुको पुर्नस्थापनाको माग गर्दै विहिबार महाकाली नगरपालिकामा नाराबाजि सहित ज्ञापन पत्र बुझाएका हुन । दत्तुमा आएको पहिरोका कारण आफुहरुको उठिबास भएको भन्दै स्थानीय पिडित परिवारले निरन्तर क्षतिपुर्ती र राहातको माग गरिरहेको भए पनि कुनै क्षेत्रबाट सहयोग नपाउँदा आन्दोलन गर्नु परेको स्थानीय नरसिह चैसिरले जानकारी दिनुभयो । नगरप्रमुख तथा उपप्रमुखलाई दत्तुका स्थानीय पीडितलाइ क्षतिपुर्ती र पुर्नस्थापनाको व्यवस्था गर्न माग गरिएको भएपनि अहिले सम्म कुनै चाँसो नदिएको स्थानीय लोकेश सामन्तले जानकारी दिनुभयो । यसअघि भदौ १५ गते राहत र क्षतिपुर्तीको माग सहित दत्तुका स्थानीयले महाकाली लोकमार्ग बन्द गरेका थिए । पिडित स्थानीय आन्दोलित भएपछि नगरप्रमुख हंशराज भट्ट लगायतको टोलीले स्थलगत निरिक्षण गरेर समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् । पछिल्लो समय पहिरोका कारण क्षती भएपछि के गर्ने भन्ने बिषयमा कुनैपनि निर्णय भइसकेको छैन, नगरपालिकाको तर्फबाट नगरकार्यपालिकाको बैठकबाट समाधानको पहल गर्ने महाकाली नगरपालिकाका उप प्रमुख सुना बोहोराले जानकारी दिनुभयो । दत्तु थापला हुदै मालिकार्जुन जोडने सडकका लागि महाकाली नगरपालिका र वडा नं.९को संयुक्त पहलमा निर्माण गरिएको भएपनि पछि त्यस क्षेत्रको समया समाधानका लागि कुनै तयारी नगरी कन सडक निर्माण गर्दा दत्तु विच गाँउका नागरिकहरुको उठीबास भएको छ । हेर्नुहाेस ज्ञापन पत्र