दार्चुलामा मालिकार्जुन प्रीमियर लिग (एमपिएल) हुदै 

५ बर्ष अघि

२0७६ भाद्र १९ बिहीबार

दार्चुलामा मालिकार्जुन प्रीमियर लिग (एमपिएल) हुदै 

रमेश खत्री भाद्र १९ दार्चुला दशै तथा तिहारको अवसरमा दार्चुलामा असोज २३ गते देखि महाकाली नगरपालिकाको धापमा मालिकार्जुन प्रीमियर लिग (एमपिएल) सञ्चालन हुने भएको छ । दिपेन्द्र धामी स्मृति प्रतिष्ठान  र शान्तिदीप युवा क्लबले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुने टिमले असोज १८ गते सम्म टिम दर्ता गर्ने सक्ने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद एक लाख, एघार हजार, एक सय एघार रुपैँया, दोस्रो हुनेले ४४ हजार चार सय चौवालिस रुपँैया नगद सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । बेस्ट बलर, बेस्ट ब्यट्सम्यान र इमर्जिङ्ग प्लेयरले जनही रु २५ सय नगद पुरुष्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको हरेक म्याचमा म्यान अफ द म्याचले गिफ्ट हाम्पर र फेयर प्ले टिमले ट्रफी प्राप्त गर्ने दिपेन्द्र धामी स्मृति प्रतिष्ठानका अध्यक्ष माधव सिह धामीले जानकारी दिनुभयो ।