मानव बेचबिखन विरुद्ध जनचेतना ।

५ बर्ष अघि

२0७६ भाद्र १४ शनिबार

मानव बेचबिखन विरुद्ध जनचेतना ।

 रमेश खत्री भाद्र १४ दार्चुला ।  मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको १३ आँै राष्ट्रिय दिवस विविध कार्यक्रम गरी दार्चुलामा पनि मनाइएको छ । शनिबार महाकाली नगरपालिकाको पुलघाँटमा एक कार्यक्रम दिवसको उद्घाटन गरिएको हो । ‘एउटै लक्ष्य एउटै सार, मानव बेचबिखनको अन्त्य हाम्रो साझा अभियान’ भन्ने मूल नाराका साथ मानव बेचविखन विरुद्धको साताव्यापी कार्यक्रम सुरु गरिएको छ ।  साताव्यापी कार्यक्रम अन्तरगत सुदुरपश्चिम प्रदेश सरकारले विभिन्न विद्यालय र क्याम्पसहरुमा जनचेतनामुलक कार्यक्रम गर्ने भएको छ । दार्चुला जिल्ला त्रिदेशीय सिमा जोड्ने जिल्ला भएको हुँदा यस क्षेत्रलाई मानव बेचबिखनका हिसावले सम्वेदनशील क्षेत्र मानिएको छ । महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टको अध्यक्षता तथा सुदुरपश्चिम प्रदेश सभा सस्दय गेल्बुसिह बोहराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की विशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्ट लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मानव बेचविखन सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको छ ।