महाकाली लोकमार्ग अबरुद्ध

५ बर्ष अघि

२0७६ भाद्र १४ शनिबार

महाकाली लोकमार्ग अबरुद्ध


दृष्टिकोण समाचार, १४ भाद्र दार्चुला । महाकाली लोकमार्ग अन्तरगत दार्चुला जिल्लीको शैल्यशिखर नगरपालिकाको ग्वानीमा सडक अबरुद्ध भएको छ । शुक्रबार राती परेको अविरल बर्षाका कारण सडकमाथिबाट आएको पहिरोका कारण सडक अबरुद्ध भएको हो । सडक अबरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी साधनहरु ग्वानीमै रोकीएका छन् । सडक खुलाउन गोकुलेश्वरबाट जेसिबी आउन लागेको प्रहरीले जनाएको छ ।