दार्चुलामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला ।

५ बर्ष अघि

२0७६ भाद्र ३ मंगलवार

दार्चुलामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला ।

रमेश खत्री भाद्र ३ दार्चुला ।दार्चुल  जिल्ला जिल्ला सदरमुकाम खलंगामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । महाकाली नगरपालिका वडा नम्बर ४ खलंगास्थित नेपाली सेनाको दुर्गादल गुल्मको गेट नजिकैको एक होटलमा युवकमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
दुँहु गाउँपालिका वडा नम्बर ४ बस्ने मनोज सिंह कुवँर मगलवार विहान जिल्ला सदरमुकाम खलंगास्थितको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रबक्ता प्रेम बहादुर खड्काले बताउनु भयो । जिल्ला सदरमुकाम खलंगास्थित एम स्टार रेष्टुरेन्ट एण्ड वियर बारको पछाडी झुण्डीएका अवस्थामा फेला परेको परिवारीक स्रोतले बताएको छ ।अन्दाजी १७ वर्षका कुवँर विहान झुण्डिएको अवस्थामा फेला परेका हुन । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रबक्ता एवं प्रहरी निरीक्षक प्रेम खड्काका अनुसार शव उठाउन केही समस्या देखिएको संकेत गर्नु भएको छ । उहाँका अनुसार बुवा आमाको बिछोड भइसकेको तर मृतक कुवँरको पालन पोषण आमाले नै गरेका थिए ।