युथ ग्रुप दार्चुलाद्धारा वार्षिकोत्सवको अवसरमा बृक्षारोपण ।

५ बर्ष अघि

२0७६ श्रावण २७ सोमबार

युथ ग्रुप दार्चुलाद्धारा वार्षिकोत्सवको अवसरमा बृक्षारोपण ।

रमेश खत्री साउन २७ दार्चुला । युथ ग्रुप दार्चुलाले प्रथम वार्षिकोत्सवको अवसरमा बृक्षारोपण कार्यक्रम गरेको छ । महाकाली नगरपालिका वडा नम्बर ४ खुल्ला मञ्चमा एक कार्याक्रमका बीच युथ ग्रुप दार्चुलाले प्रथम वार्षिकोत्सवको आयोजना गरेको हो । युथ ग्रुप दार्चुलाको स्थापना पहिलो पटक दार्चुलामा २०७५ साउन २७ गते भएको थियो । सोही दिनका अवसरमा अर्थात् एक वर्ष पूरा भएको अवसरमा युथ ग्रुप दार्चुलाले आज प्रथम वार्षिकोत्सव मनाएको युथ ग्रुपका अध्यक्ष कैलाश सिँह ठगुन्नाले बताउनु भयो । 

‘परिवर्तनको सुरुवात आफैबाट’ भन्ने मुल नाराका साथ युथ ग्रुप दार्चुलामा युवाहरुले जिल्लाको विकासको बाटोमा कसरी जाने भन्ने तथा सामाजिक कार्य गर्ने उद्देश्यले युथ ग्रुप दार्चुलाको स्थापना गरिएको ग्रुपका अध्यक्ष ठगुन्नाको भनाई छ । युथ गु्रपले समाजमा भईरहेका विकृति हरुलाई हटाउने उदेश्यले अगाडि बढेको युथ गु्रप दार्चुला कोषाध्यक्ष भुपेन्द्र सिह ऐरिले जानकारी दिन भयो । युथ ग्रुप दार्चुलाका अध्यक्ष कैलाश सिँह ठगुन्नाको अध्यक्षतामा एक कार्यक्रमकाबीच वार्षिकोत्सव मनाइएको हो । ग्रुपले आफ्नो ग्रुपमा आबद्ध सदस्यहरुलाई ग्रुपको लोगो अंकित टिसर्टहरुवितरण गरेको छ ।