दार्चुलाका गणक तथा सुपरिबेक्षकलाई ५ दिने तालिम दिइदै ।।

५ बर्ष अघि

२0७६ श्रावण २६ आईतवार

दार्चुलाका गणक तथा सुपरिबेक्षकलाई ५ दिने तालिम दिइदै ।।

रमेश खत्री साउन २६ दार्चुला । दार्चुलाका गणक तथा सुपरिबेक्षकहरुलाई ५ दिने तालिम दिइदै छ । जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा दार्चुला  जिल्लाका विभिन्न स्थानीय तहका गणक तथा सुपरिबेक्षकहरुलाई ५ दिने तालिम प्रदान गर्न लागिएको हो ।
गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण सम्बन्धी स्थानीय तहका गणक तथा सुपरिबेक्षकहरुलाई ५ दिने तालिम प्रदान गर्न लागिएको जिल्ला समन्वय समिति प्रमुख करबीरबहादुर कार्कीले बताउनु भयो । जिल्ला समन्वय समितिको आयोजनामा सञ्चालन गरिने तालिममा गणक तथा सुपरिबेक्षकहरुलाई तथ्यांक संकलन, वेभसाइट अपडेट लगायतका बारेमा जानकारी गराइने जिल्ला समन्वय अधिकारी मोहनसिँह धामीले जानकारी दिनुभयो । गणक तथा सुपरिबेक्षकहरुलाई तालिम प्रदान गरि नेपाल सरकारले निर्धारण गरेका मापदण्डका आधारमा तथ्यांक संकलन गरि गरिब घरधुरी पहिचान गर्ने कार्य गरिने जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ ।
जिल्ला सदरमुकाम खलंगामा ५ दिने तालिमको उद्घाटन गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीको अध्यक्षता तथा जिल्ला न्यायाधीश गिरीराज गौतमको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो । यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति उप–प्रमुख कृष्णसिँह धामी, प्रमुख जिल्ला अधिकारी विशिष्ट अतिथि रहेको कार्यक्रममा सशस्त्र डिएसपी डम्बर बहादुर विष्ट लगायत तीनओटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न स्थानीय तहका सुपरिबेक्षक, गणकहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।