चरी बाघको छाला सहित सशस्त्र प्रहरीका जवान पक्राउ ।

५ बर्ष अघि

२0७६ श्रावण २५ शनिबार

चरी बाघको छाला सहित सशस्त्र प्रहरीका जवान पक्राउ ।

रमेश खत्री साउन २५ दार्चुला । दार्चुला चरी बाघको छाला सहित सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् ।  दार्चुलाको तिमुरपाटा भन्ने स्थानमा शुक्रबार बेलुकी सवा ६ बजेतिर सशस्त्र प्रहरीका जवान चरीबाघको छाला सहित पक्राउ परेका हुन् । दुहूँ गाउँपालिका वडा नम्बर २ हिकिला घर भई हाल सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जावन दिपक सिँह बडाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रबिन्द्र कठायतले बताउनु भयो ।

हिकिलाबाट सदरमुकाम खलंगा ल्याउने क्रममा ब्रह्मदेव प्रहरी चौकीले चेकजाँचका क्रममा सशस्त्र प्रहरी जवान बडाललाई पक्राउ गरेको हो । ब्रह्मदेव प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक लोकबहादुर पार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुहूँ गाउँपालिकाको तिमुरपाटा भन्ने स्थानबाट एक थान चरीबाघको छाला सहित बडाललाई पक्राउ गरेको हो । झण्डै ३९ इन्च लम्बाई तथा १० इन्च चौडाईको चरीबाघको छाला पक्राउ सहित सशस्त्र प्रहरी जवान पक्राउ गरिएको पत्रकार सम्मेलन गरी प्रहरी निरीक्षक रबिन्द्र कठायतले जानकारी गराएका छन् ।

चरीबाघको छाला अधिकतम ६० इन्च लम्बाईको हुने प्रहरी निरीक्षक कठायतको भनाई छ । पक्राउ परेका सशस्त्र प्रहरी जवान बडालले आफूसंग अर्काे व्यक्ति पनि संलग्न रहेको बताउने गरेकाले थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कठायतले बताउनु भयो । थत अनुसन्धान र कारबाहीका लागि अपिनाम्पा संरक्षणको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को उपदफा ६ बमोजिम चोरी सिकारीको मुद्दा दायर गरिएको थियो ।