“ श्वस्थ रहन योग गर्न आवश्यक छ ” मुख्यमन्त्री भट्ट ।। 

६ बर्ष अघि

२0७५ असार ८ शुक्रबार

“ श्वस्थ रहन योग गर्न आवश्यक छ ” मुख्यमन्त्री भट्ट ।। 

योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भयको छ । चौथो अन्तराष्ट्रि«य योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेशका जनतालाई निरोगी बनाउन पनि योगलाई अभियानात्मक रुपमा संचालन गरिने बताउनु भयो । 
हरेक मानवको पहिलो सम्पती भनेकै श्वस्थ्य भएको र श्वस्थ रहन योग गर्न जरुरी रहेको उहाँको भनाई छ । मुख्यमन्त्री भट्टले भन्नु भयो “ आफ्ना गलत आनिवानी र खानपानलाई अहिले देखि त्यागौ, तपाई हामि श्वास्थ भय मात्रै प्रदेश श्वस्थ रहन्छ र श्वस्थ प्रदेशले सम्बृधि र विकास पनि चाडो हुन्छ । ” आफ्नो डाक्टर आफै बन्नु पर्ने बेला आएको बताउदै उहाँले यसका लागि हरेक दिन योगा गर्न सबैमा आह्वान गर्नु भयो । 
यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री दिर्घ सोडारीले प्रदेश ७ का श्वास्थ्य समस्या समाधानका लागि प्रदेश सरकार लागि परेको बताउनु भयो । विकट तथा दुर दराजका बस्तिहरुलाई पनि श्वास्थ्य पहुँचमा ल्याउन सामाजिक विकास मन्त्रालय कटिबध्द रहेको उहाको भनाई छ ।  
चौथो अन्तराष्ट्रि«य योग दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज एक कार्यक्रमको आयोजना गरेको थियो । सरकारी, गैर सरकारी निकाय तथा सर्वसाधारणको उपस्थितीमा धनगढीको चौराहाबाट बिभिन्न योगमैत्री नारा सहित सुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो । योग दिवसको अवसरमा आज दार्चुला जिल्ला सदरमुकाम्मा  र्याली निकालेका थिए भने दार्चुला विकास संगठनको परिसरमा योग गरेर  दिवसको उद्दघाटन गरेका थिए ।