राम सिह धामी दार्चुला
हामी हरेक नागरिकले गाँउघरमा भएको परिवर्तनलाई भएको देख्न चाहेका हुन्छौ तर पछिल्ला समय स्थानीय सरकारहरुको गाँउघरमा विकृति बढिरहेको पाईन्छ । नातेदारहरुले विकासका नाममा परिवर्तन गर्न खेज्ने प्रबृति हावि भएको पाईन्छ । किन की दार्चुला जिल्लाको नौगाड गाँउपालिका वडा नं. १ सिराडमा ७ दशक सम्म पनि प्रम्परागत घरलाई परिवार्तन गर्न नसक्नुले सबै जानकारहरुलाई त्यो घर उदाहरणीय बनेको छ । विगत लामो समय देखि जिर्ण बन्दै गएको उक्त घरको र्मात सम्भार पनि हुन नसक्नुले गरिबको अवस्था जस्ताको त्यस्तै रहेको देखिन्छ । हुन त म पनि साविकको गाँउविकास समिति हुदा त्यो घरको बाटो भएर गाँउमा पुगेको थिए तर सरकार परिवर्तन भएको करिव तीन बर्ष भईसकेको अवस्थामा पनि विकासको नाम्मा जान्ने सुन्नेहरुका लागि मात्रै स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार काम गर्दौआएको जल्नत उदाहरण त्यो घरको अवस्थाले प्रस्ट देखाउछ ।
सात वर्ष पहिले गाँउविकास समितिको कार्यालय ईयरकोटमा पुग्दा उक्त ठाँउमा रहेको घर जस्तो देखेको थिए हो आज पनि अवस्या उतै देख्दा मलाई एउटा लेख लेख्ने मन लाग्यो कि धिकार छ मेरो राजनिती तन्त्रको सरकार र कर्मचारी मुखी सरकारको हाविलाई दार्चुला जिल्लाको नौगाड गाँउपालिकाको एउटा पुरानो कला र प्रम्परागत घरलाई विषलेशण गर्दा हाम्रो समाजमा जान्ने सुन्नेको विजनमा सुधार भयो, गरिब नागरिकको अवस्था उस्तै देखिन्छ , हाम्रो समाजमा बिकृति भित्रीयो कला संस्कृति कहिले भित्रीएन आँखिर किन सरकार ? मलाई प्रश्न सोधन मन लाग्यो ।
दार्चुलाका पुराना मठमन्दीरमा रहेका पुराना मुर्ति र काष्ठकला हराउदै गएका छन । किन भने मठ मन्दिरको विकासको नाम्मा स्थानीय सरकार देखि केन्द्रय सरकारले करोडौँ बजेट भगवानको नाम्मा खर्च गरेको देखिन्छ । तर हाम्रो मौलिक प्रम्परागत संकृति जर्गेनामा त्यति ध्यान दिएको देखिन्न । यस्ता कास्ट कला र प्रम्पार गत संस्कृतिलाई आँउदो पिडिले फोटो अर्थात अग्रजहरुको मुखबाट सुन्न मात्रै पाउने स्थीति आउने देखिन्छ । यसका लागि मठमन्दिरमा रहेका प्रम्परागत हस्तकलाहरुलाई जर्गेना गरि बिकास गर्न अहिलेका सरकारले समयमा नै ध्यान दिनु जरुरि देखिन्छ ।
मेरो जन्म भुमिदार्चुलामा मात्रै यस्तो अवस्था होईन देशभरीनै आफना भनौदाहरुको हाविका कारण गाँउको विकास नभएको र गरिब जनताको अवस्था जस्ताको त्यस्तै देखिन्छ । पछिल्लो समय देशलाई तिन तहमा विभाजन गरि स्वायित्य सरकार भन्दै तीनवटै सरकारको आ आफ्नै दम्बका कारण पनि गरिव जनताको जिवन स्थारमा सुधार हुन नसक्नु पनि एक कारण हो । हाम्रो गाँउमा भईरहेको विकासलाई नियालेर हर्ने हो भने स्थानीय नागरिकको हीतमा भएको पाईदैन किनकी पछिल्लो समय निर्माण गरिएका ग्रामिण सडकहरुले ल्याएको विनास र अव्यवस्थीत विकासले प्रष्ट पारेको छ ।
अहिलेको सरकारलाई म भन्न चाहान्छुकि २० बर्ष सम्म चलेको कर्मचारी तन्त्र र अहिलेको सरकारमा के भिन्ता छ । सविकका गाँउविकास समिति हुदा गाविसहरुमा १० लाख बाट ३० लाख सम्म बजेट आउने गरेको थियो भने अहिले स्थानीय तहमा निर्धारण गरिएका वडा कार्यालयमा मात्रै ५० लाख देखि २ करोड सम्म बजेट विनियोजन गरि काम गरिरहेको अवस्थामा पनि दिनभरि काम गरि बिहान बेलुकिको छाक टार्ने गरिब नागरिकको जीवन स्थरमा सुधार न आउदा स्थानीय, प्रदेश र संघिय सरकारलाई प्रश्न गर्ने अवस्था आएको छ । आँखिर गरिब जनताले कहिले सिंह दरवारको प्रत्याभुति गर्ने त जिवन स्थर सुधार हुनुको साँटो विभिन्न करको मारमा नागरिकहरुले दुःख पाईरहेको अवस्था छ ।
अवको दुई बर्षमा पनि यस्तै तरिकाले राजनीति तन्त्र र कर्मचारीहरुको हावि बढ्ने हो भने संघियताको औचित्य हराउने निश्चित भएको छ । कर्मचारी भर्ना देखि लिएर गाँउठाँउको विकास र बजेट विनियोजनमा परिवर्तन गरि आगामी दिनमा सुधार गरि अगाडि बढ्न अहिलेका तीन वटै सरकारलाई सुझव दिन चाँहान्छु ।