पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध । 

५ बर्ष अघि

२0७६ श्रावण २0 सोमबार

पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध । 

रमेश खत्री साउन २०, दार्चुला । महाकाली लोकमार्ग अन्तरगत मालिकार्जुन गाउँपालिको वाड नम्बर ८ शंङकरपुरमा पहिरो गएपछि महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।  आइतबार राती परेको अविरल बर्षा पछि सोमबार विहान १० बजेतीर पहिरो खसेपछि सडक अवरुद्ध भएको हो  । 
पहिरोका कारण सडक अबरुद्ध भएपछि सवारी साधनहरु पस्तीमै रोकीएका छन्  । दार्चुलाबाट छोटो र लामो दुरीमा चल्ने सवारी साधनहरु पस्तीमै रोकीएपछि गोकुलेश्वरबाट जेसिबी मगाइएर पहिरो पहिरो हटाउने प्रयास भईरहेको छ ।