कक्षा १२ को परीक्षाफल प्रकाशित । यसरी हेर्नुहोस् नतिजा 

५ बर्ष अघि

२0७६ श्रावण १३ सोमबार

कक्षा १२ को परीक्षाफल प्रकाशित । यसरी हेर्नुहोस् नतिजा 

साउन १३ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३।६१ देखि ४।०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ  । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए ।
नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी मध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् । ३।२१ देखि ३।६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको छ । ग्रेडिङ पद्दतिअनुसार ९ वटा तहको ग्रेडअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

३१ हजार विद्यार्थीले २।८१ देखि ३।२० जीपीए प्राप्त गरेका छन् । २।४१ देखि २।८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेको छ । सबैभन्दा धेरै विद्यार्थीले मध्यम स्तरको जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । २।०१ देखि २।४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन् । १।६१ देखि २।०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १।२१ देखि १।१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०।८१ देखि १।२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् ।

सबैभन्दा कम स्तरको ०।० देखि ०।८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् ।
ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१।८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जनाए । ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंक तर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । बोर्डले गतवर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्न थालेको हो ।
यसरी हेर्नुहोस् नतिजा 
नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिई आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।