धौलीगंगा बाँध खोलिदै । 

५ बर्ष अघि

२0७६ श्रावण १२ आईतवार

धौलीगंगा बाँध खोलिदै । 

रमेश खत्री साउन १२ दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्ला धारचुला ग्रामसभा अन्तरगत पर्ने छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध साउन १३ गते राती १२ बजे देखी खालिने भएको छ । धौलीगंगा जलविद्युत परियोजना धारचुला पिथौरागढ भारतको प्राप्त पत्रअनुसार १३ गते राती १२ बजेदेखी साउन १४ गते बेलुका ६ ः४५ बजेसम्म सिल्ट फ्लशिगको कार्यका लागी बाँध  खोलिने लागेको पत्रमार्फत जानकारी गराइएको दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो । डायम साइटमा गरिने सिल्ट फ्लशिगका लागी बाँध खोलिने हुँदा महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै व्याँस गाउँपालिकाको वाड नम्बर ५ धौलाकोट देखी लेकम गाउँपालिकाको लाली सम्मका नागरिकहरुलाई नदि किनारमा नजान तथा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सुचना प्रकाशन गरी आग्रह गरेको छ । बाँध साउन १३ गते राती १२ बजे देखी साउन १४ गते बेलका ६ ः४५ बजे सम्म १८ घण्टाका लागी बाँध खोलिने परियोजनाले जनाएको छ । परियोजनाले बाँध बेलाबेलामा सरसफाई गर्ने गरेको छ । २८० मेगावाट विद्युत क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलीने बारे पछिल्लो समय भारतीय प्रशासनले पुर्व सुचना गराउन थालेपछि पुर्वसतर्कता अपनाउन सजिलो भएको स्थानीयले बताउनु भयो ।