देशकै साँतौ धाम श्री शैल्यशिखर पुजन जात्रा ।

५ बर्ष अघि

२0७६ असार ३0 सोमबार

देशकै साँतौ धाम श्री शैल्यशिखर पुजन जात्रा ।

 रमेश खत्री असार ३० दार्चुला । देशकै सातौ धामको रुपमा रहेको शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा पुजन जात्राको आरम्भ भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन लाग्रे श्री शैल्यशिखर मालिकार्जुन पुजन जात्राको यात्रा आज विहान बाट आरम्भ भएको मालिकार्जुन विकास समिति सचिव जनकसिह धामीले जानकारी दिनुभयो । 
मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा सीमा क्षेत्रमा पर्ने श्री शैल्यशिखर धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन र कार्तिक शुक्ल त्रयोदशिका दिन शिखर पुजन जात्रा लागे्र गर्दछ । मालिकार्जुन गाउँपालिका वाड नम्बर ३ स्थित भण्डारी घरबाट शिखरको यात्रा आरम्भ हुने गरेको स्थानीय सुरेश धामीले बताउनु भयो । सोमबार शिखर जात्राका लागि सुदुरपश्चिम प्रदेशका विभिन्न तथा छिमेकी राष्ट्र भारतको उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजनहरु मालिकार्जुन आउने गरेका छन । शिखर जात्राका लागि टाढा टाढा बाट आउने भक्तजनहरु आईबार साँझ सम्म मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ पुगेसकेका थिए । 
मालिकार्जुन पुगेका भक्तजनहरुको शिखर यात्रा आज विहान सुरु भएको स्थानीय सुरेश धामीले बताउनु भयो । पवित्र मनले श्री शैल्यशिखरको दर्शन गर्नाले पूण्य प्राप्ती हुने मनोकामना पूरा हुनुका साथै निःसन्तानलाई सन्तान सुख समेत हुने गरेको जनविश्वास रही आएको छ । हिन्दु धर्मबलम्बीहरुको अस्थाको धरोहर मानिने श्री शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन आगाडी देखि नै शुद्ध भएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने जनविश्वास छ । श्री शैल्यशिखर यात्राका लागि अविवाहित महिला तथा बर्तबन्ध नगरेका पुरुषहरु समेत नजाने गरेको स्थानीय सुरेश धामीले बताउनु भयो । शिखर पुजन जात्रामा मुख्य गरी विवाहित महिला पुरुषहरु तथा अविवाहित पुरुषहरुले बर्तबन्ध पश्ताप मात्रै जान हुने विश्वास छ ।
 शिवपुराण लगायत विभिन्न पौराणिक धार्मीक ग्रन्थहरुमा देवाधिदेव महादेवका १२ ओटा ज्योतिलिङग मध्ये एउटा ज्योतीलिङको रुपमा मालिकार्जुन धामलाइ पनि मानिएको छ । श्री शैल्यशिखर मालिकार्जुन मन्दिर भगवान शिवलाई देवधिदेव महादेवका रुपमा लिईने भएकाले मालिकार्जुनको बाँस स्थानलाई देवताहरुको राजधानी पनि भनिन्छ । धार्मिक एंव पूरातात्विक महत्वले भरिपूर्ण मालिकार्जुन मन्दिरमा हरेक दिन श्रद्धालु भक्तजनहरु आउने पुजाआजा गर्ने गर्दछन ।