एउटै डोरीमा किन झुण्डीए भाईबहिनी ? 

५ बर्ष अघि

२0७६ असार २४ मंगलवार

एउटै डोरीमा किन झुण्डीए भाईबहिनी ? 

दृष्टिकोण समाचार, २४ असार दार्चुला । दार्चुला जिल्लाको शैल्य शिखर नरपालिका वडा नम्बर ५ बगौरा बस्ने नातामा भाईबहिनी पर्ने महादेब डागा र मनिसा डागाले सोमबार राती एउटै डोरीमा झुण्डीएर आत्महत्या गरेका छन् । २३ गते राती महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको विष्ट वियर एण्ड बारमा कोठा गरी बसेको र राती पङ्खामा डोरी बाँधेर झुण्डीएको अवस्थामा विहान फेला परेका छन् । 
अन्दाजी २८ बर्षका महादेब र अन्दाजी २२ बर्षकी मनिसा नातामा दाजु बहीनी पर्छन् । मनिसाका विवाह भईसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरीले मुचुल्का तयार गरी आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिनुभयो ।