गोकुलेश्वरका बादी समुदायलाई चामल वितरण ।।

५ बर्ष अघि

२0७६ असार २२ आईतवार

गोकुलेश्वरका बादी समुदायलाई चामल वितरण ।।

रमेश खत्री असार २२ दार्चुला । शैल्यशिखर नगरपालिका वडा नं ९ गोकुलेश्वरमा रहेका बादि समुदायलाई चामल वितरण गरेको छ । अमेरीकामा बसीरहेका नेपालीहरुको फाउण्डेनसन तारा किसन फाउण्डेशनको आर्थीक सहयोगमा पत्रकार महासंघ दार्चुला शाखाको संयोजन एवं आयोजनामा शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा बसोबास गरी रहेका वादि परिवारलाई चामल वितरण गरेको हो । आज एक कार्यक्रमका विच शैल्यशिखर नगरपालिका वडा नं ९ गोकुलेश्वरमा बसोबास गर्ने ७४ वटा वादि परिवारलाई प्रतिपरिवार २५ केजीका दरले चामल वितरण पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले जानकारी दिनुभएको छ । आर्थीक रुपले विपन्न र पछाडी परेका वादि समुदायले चामल पाएपछि खुसी भएका छन् ।

दिनभरी काम गरेपछि पनि हातमुख जोर्न समस्याले ग्रसीत बादि समुदायका अधिकाशं मानिसहरु गोकुलेश्वरको चौलानी नदि किनारमा बसोबास गर्दै आइरहेका छन् । चामल वितरण कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिहँ धामी, उप प्रमुख राजमति बमं पाल, नगर प्रबत्ता माधव राज भट्ट , वडा नं ९ का वडाध्यक्ष रामधनि विष्ट , इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरिक्षक सुरज बहादुर खड्का , पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिहँ धामी लगायत जिल्लामा क्रियासिल पत्रकारहरुको सहभागीता रहेको थियो ।