तीन महिने तालिम सम्पन्न

५ बर्ष अघि

२0७६ असार २२ आईतवार

तीन महिने तालिम सम्पन्न

सर्मिला धामी, असार २२ दार्चुला । सिटीइभिटी प्रदेश कार्यालयको आर्थिक र महेन्द्र नमुना माविको प्रविधिक सहयोगमा सञ्चालित तीन महिने प्राविधिक तालिम आइतबार सम्पन्न भएको छ । २०७५ चैत्र १० गतेबाट सञ्चालन गरिएको हाउस वाइरिङ र फर्निचर निर्माण सम्बन्धी तालिम सम्पन्न गरिएको हो । महेन्द्र नमुना माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुष्करराज जोशीको अध्यक्षतामा भएको समापन कार्यक्रममा महाकाली नगरपालिका प्रमुख हंसराज भट्ट प्रमुख अतिथी रहेका थिए । विद्यालयका शिक्षक दामोदर जोशीले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले स्वागत मन्तव्य राखेका थिए । हाउस वाइरिङमा २० र फर्निचर निर्माणमा २० जना गरी ४० जनालाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको छ । तालिममा सहभागि विद्यार्थीहरुको सीप परिक्षण पछि प्रमाणपत्र प्रदान गरिएको हो ।