अहिले सम्म दार्चुलामा ६० देखि ६५ प्रतिशत मात्रै विकास

५ बर्ष अघि

२0७६ असार १७ मंगलवार

अहिले सम्म दार्चुलामा ६० देखि ६५ प्रतिशत मात्रै विकास

दृष्टिकोण समाचार असार १७ दार्चुला । दार्चुला जिल्लामा रहेका ९ वटै स्थानीय तहहरुमा स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारबाट सञ्चालनमा रहेका योजना तथा कार्यक्रमहरुको काम ६०देखि ६५ प्रतिशत सम्पन्न भएको छ । 
सोमबार जिल्ला समन्वय समिति दार्चुलाले चालु आर्थिक बर्ष २०७५÷७६मा निर्माण गरिन लागेका योजनाहरुको अनुगमनका क्रममा अहिले सम्म उक्त प्रगति भएको जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्कीले बताउनु भयो । 
जिल्लाका सबै स्थानीय तहहरुमा निर्माण भईरहेका योजना तथा कार्यक्रमहरुको जिल्ला समन्वय समितिको टोलिले अनुगम गरिरहेको छ । अनुगमनका क्रममा दार्चुलामा विकासको काम धेरै नभएपनि परिवर्तन हुन लागेको र अहिले सम्म ६० देखि ६५ प्रर्तिशत विकास निर्माण भएको प्रमुख कार्कीले जानकारी दिनु भयो ।

 दार्चुला जिल्लामा भईरहेको विकासलाई दिगो र गुणस्तरयुक्त बनाउन तिनओटै सरकारले  बेलैमा समझैता गरि कामगर्न उपभोक्ता समिति तथा निर्माण कम्पनिहरुलाई जिम्मेवारी दिएमा  आयोजनाहरु  प्रभावकारी हुने शैल्यशिखर तटबन्ध निर्माण समितिका अध्यक्ष सुन्दर सिह भण्डारीले बताउनु भयो । स्थानीय तह, प्रदेश र केन्द्र सरकारबाट सञ्चालनमा रहेका योजना तथा कार्यक्रमहरुलाई जिल्ला समन्वय समितिले अहिले अनुगम गरि कामलाई पारदर्शिता बनाउनमा ठुलो सहयोग पुगाएको स्थानीय लक्ष्मण जोशीले बताउनु भयो । 
सोमबार जिल्ला समन्वय समितिले सिचाई डिभिजन कार्यालयको निर्देशनमा शैल्यशिखर  नगरपालिकामा रहेका बेलाईति कुलो निर्माण, शैल्यशिदर तटबन्ध निर्माण र पैराड दलित टोल सिचाई आयोजनाहरुको अनुगमन गरेका हुन ।