१५ वर्षिया युवती झुण्डिएको अवस्थामा मृत फेला ।

५ बर्ष अघि

२0७६ असार १७ मंगलवार

१५ वर्षिया युवती झुण्डिएको अवस्थामा मृत फेला ।

 रमेश खत्री असार १७ दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा १५ वर्षिया एक युवती झुण्डिएको अवस्थामा मृत परेकी छिन् । महाकाली नगरपालिका वडा नम्बर ४ खलंगाको तिंकर खेडामा एक युवतिले झुण्डिएर अवस्थामा मृत फेला परेकी मृतकका आफन्तले बताएका छन् । व्याँस गाउँपालिका वडा नम्बर १ का दानसिँह तिंकरीकी १५ वर्षिया छोरी विधि तिंकरी घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । सोमबार साँझ कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकाले आत्महत्याकै घट्ना हुनसक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताउनु भयो । सोमबार आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा झुण्डिएको अवस्थामा मृत फेला परेकी तिंकरी आफन्तले जिल्ला अस्पताल लगेका थिए । मृतक युवतीको आज पोष्टमार्टम गरिने प्रहरी निरीक्षक बोहराले बताउनु भयो । उक्त घट्नाको कारण भने खुल्न सकेको छैन ।