दार्चुलामा सामाजिक अपराधका घट्ना बृद्धि

५ बर्ष अघि

२0७६ असार १५ आईतवार

दार्चुलामा सामाजिक अपराधका घट्ना बृद्धि

दृष्टिकोण समाचार असार १५ दार्चुला 
इन्सेक दार्चुलामा पछिल्लो समय सामाजिक अपराधका घट्ना बढेको इन्सेकले जनाएको छ । मानव अधिकारका क्षेत्रमा क्रियाशिल संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२० को पूर्व अद्र्धबार्षिक समीक्षा गर्दै जिल्लामा सामाजिक अपराधका घट्ना बढेको जनाएको हो । जनवरीदेखि जुनसम्म जिल्लामा संकलन गरिएका घट्नाहरु सार्वजनिक गर्दै इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले जिल्लामा गत वर्षको तुलनामा यो छ महिनामै सामाजिक अपराधका घट्ना बढेको बताउनुभयो । 
यो वर्ष गम्भीर अपराधका घट्ना घटेका छन्, उहाँले भन्नुभयो यसको लागि राज्य जिम्मेवार बन्नुपर्छ । जनवरीदेखि हालसम्म बलात्कार जबजस्तीकरणीका ३ वटा, महिला अधिकार घरेलु हिंसा लैगिंक हिंसाका २८ वटा, हत्याका ४ वटा, बालअधिकार अन्तर्गत भौतिक पूर्वाधार भत्किदा ४ जना, यार्सागुम्बा संकलनको क्रममा एक जनाको ज्यान गएको इन्सेक दार्चुलाको तथ्यांक छ । यार्सा संकलनको क्रममा १६ वर्ष मुनिका बालबालिका जान नपाउने कानुनी व्यवस्था हुँदाहुँदै पनि यार्सा संकलनमा उनीहरुको प्रयोग हुने गरेको छ । कानुनले बन्द गरिएको क्षेत्रमा बालबालिका पठाउन विद्यालय नै बन्द गरेर जान मिल्दैन् । यस्तै गत वर्ष २५ वटा महिला अधिकारका घट्ना घटेकोमा यो वर्ष २८ पुगि सकेको छ । हत्या हिंसाका घट्ना पनि बढ्दो छ । जिल्लामा यो छ महिनाको अवधिमा ११ महिने दुधे बालकको आगो लगाएर हत्या देखि ७५ वर्षीय बृद्ध दाम्पत्यको हत्या भयो । गत वर्षको तुलनामा हत्या हिंसा र महिला अधिकारका घट्नाहरु बढि घटेका छन्, जिल्ला प्रतिनिधि काकीले भन्नुभयो । घरायसी हिंसा सहन नसकेरै पनि ज्यान गुमाएका घट्नाबाहिर आएका छन् । स्थानीय तहमा गठित न्यायिक समिति प्रभावकारी बनेका छैनन् । कानुनी ज्ञान अभाव र जनशक्ति नहुँदा अझै अन्यौलतामा छन् । छ महिनाको अवधिमा प्रहरीको मात्र रेकर्ड हेर्ने हो भने साउनमा ७, भदौमा ४, असोजमा ८, कात्तिकमा ६, मंसिरमा ६, पुषमा ४, माघमा ७, फागुनमा ६, चैतमा ८, बैशाखमा १०, जेठमा १० र असारमा हालसम्म ३ वटा घट्ना गरी ८१ घट्ना असार पहिलो सातासम्म अभिलेख राखिएको छ । आर्थिक वर्ष ०७४।०७५ मा ८१ वटा मुद्धा दर्ता भएको थियो भने ०७३।०७४ मा ५७ थान मुद्धा दर्ता भएको थियो । जुन अनुपात हरेक वर्ष अपराधिक क्रियाकलाप बढ्दै छ । गत विगतको अनुपातमा अपराधका घट्नाहरुको अभिलेख बढेको छ । जिल्ला अदालत दार्चुलाका जिल्ला न्यायाधिश गिरीराज गौतम अहिलेको अवस्थामा यो वर्ष अझै अपराधका घट्नाहरु बढ्ने संकेत गर्नुहुन्छ । जिल्ला अदालतमै कहिल्यै एक सय मुद्धा पुगेका रेकर्ड थिएन उहाँले भन्नुभयो, यो वर्ष एक सय बढि मुद्धा अहिलेसम्म अभिलेख भएको छ । जिल्लाका न्यायिक समितिले अपेक्षाअनुसार काम नगरेको भन्दै उनले कानुनी ज्ञान अभाव र जनशक्तिसमेत बाधक बनेका छन् । जिल्लाका विभिन्न स्थानीय तहको न्यायिक सम्पादनको अवस्था हेर्दा समस्या छ, उहाँले थप्नुभयो, संविधानले जुन मर्म अनुसार न्यायिक समिति बनायो, त्यो अनुसार काम हुन सकेको छैन् । उहाँले भन्नुभयोे, इन्सेकले राज्यको नजरमा नपुगेका घट्नाहरु नोटिसमा ल्याउनुपर्छ । कयौं घट्नाहरु गाउँमा छन् । अपराधहरु लुकाइएका छन् । तर पनि भयका कारणबाहिर आउँदैनन् । यस्ता घट्नातर्फ पनि हाम्रो नजर जानुपर्छ । स्थानीय तहका न्यायिक समितिका काम हेर्दा प्रष्ट हुन्छ, कति अन्यौलता छ । प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट मानवअधिकारको संरक्षणको लागि राज्य जिम्मेवार रहेको भन्दै जिल्लामा देखिएका गम्भीर अपराधका घट्नामा प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो । अपराधमुक्त समाज निर्माणको लागि सबैको सहकार्यको अपेक्षा गरेका छौ, उहाँले भन्नुभयो, एकल प्रयासमा कुनै काम सम्भव हुँदैन्, सहयोग र सहकार्य आवश्यक छ । नागरिको जीउधन र अधिकारको रक्षाको लागि सचेत छौ, तर पनि व्यक्तिगत अपराधका घट्नाहरु देखिएका छन् । सबैको गम्भीर ढंगले राज्य परिचालन छ । कार्यक्रमका सहभागिहरुले जिल्लामा हिंसाबाट बढि महिला पीडित हुने गरेको बताएका छन् । खासगरी जिल्लामा मदिराको कारण हिंसा अपराधका घट्नाहरु बढि देखिने गरेको अधिकारर्मीको भनाई छ । यस्तै पछिल्लो समय नेपाल कम्युनिष्ट पाटी विप्लव समूहले समय समयमा बन्द हड्ताल गर्दा आम नागरिक देखि विद्यार्थीहरु बढि मार्कामा परेको भन्दै यसको विकल्प खोज्नुपर्ने बताएका छन् । अद्र्धबार्षिक समीक्षा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष गणेशसिह खत्री, नेपाली काग्रेसका जिल्ला कार्यसमिति सदस्य जयदेव जोशी, सशस्त्र सीमा सुरक्षा गुल्म नम्बर ५० का डिएसपी भीमबहादुर चन्द, प्रहरी निरीक्षक हिक्मत बहादुर बोहरा, दुर्गादल गुल्मका सह सेनानी खड्गध्वज कार्की, सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता तारासिह धामी लगायत, अधिकाकरमी, पत्रकार एवं सरोकारवाला हरुको  सहभागिता रहेको थियो ।