नौगाड गाँउपालिकाको विकासका लागि विभिन्न नितीका माझ पाँचौ गाँउसभा सम्पन्न ।।

५ बर्ष अघि

२0७६ असार १0 मंगलवार

नौगाड गाँउपालिकाको विकासका लागि विभिन्न नितीका माझ पाँचौ गाँउसभा सम्पन्न ।।

राम सिह धामी दार्चुला ।  दार्चुला जिल्लाको नौगाड गाँउपालिकाले सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिsक्तामा राखि पाँचौँ गाँउसभा सम्पन्न गरेका छन । मंगलबार नौगाड गाँउपालिकाले गाँउपालिकाको समृद्धिका लागि आर्थिक बर्ष २०७६÷७७ का लागि निति तथा कार्यक्रलाई गाँउसभाबाट पारित गरेको हो । कार्यक्रममा शुभकामना दिदै दार्चुला जिल्ला निर्वाचन क्षेत्र नं ख का प्रदेश साँसद मानबहादुर धामी सन्तोषले नौगाड गाँउपालिकाले अहिलेसम्म उदाहरणीय काम गरेकाले आगामि दिनमा पनि समग्र गाँउपालिकाको अवश्यक्ताका आधारमा काम गर्न सबै जनप्रर्ति निधि तथा नौगाड गाँउपालिका बासिहरुलाई आग्रह गरेका छन । नौगाड गाँउपालिकाले हरेक गाँउबस्ती तथा टोलहरुबाट मागभई आएका योजना तथा कार्यक्रमहरुको आधारमा रहि नयाँ निति तथा कार्यक्रमहरु निर्माण गरि पारित गर्ने र नयाँ निति तथा कार्यक्रमका आधारमा काम गर्न पनि सहज हुने नौगाड गाँउपालिकाका अध्यक्ष प्रेम सिह धामीले बताउनु भयो ।

दार्चुला जिल्लामा रहेको नौगाड गाँउपालिका लगाय जिल्लाका अन्य नगरपालिका तथा गाँउपालिकाहरुले पनि आज निति तथा कार्यक्रमहरु पेश गरेका छन । नौगाड गाँउपालिकाको कार्यक्रममा नौगाड गाँउपालिका बासि तथा अन्य पदाधिकारीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । निति तथा कार्यक्रममा विशेष गरि सडक , स्वास्थ्य , शिक्षा लगाय आयआर्जनका क्षेत्रलाई पहिलो प्रर्थमिक्ता राखि पाँचौ गाँउसभाको खुल्ला सत्र सम्पन्न भएको छ ।