मदिराले मात्तिएका श्रीमानले लगाए घरमा आगो, श्रीमतीको जलेर मृत्यु

५ बर्ष अघि

२0७६ असार ८ आईतवार

मदिराले मात्तिएका श्रीमानले लगाए घरमा आगो, श्रीमतीको जलेर मृत्यु

रमेश खत्री, असार ८ दार्चुला ।दार्चुलाको नौगाड गाउँपालिकामा मदिरा मात्तिएर श्रीमानले आफ्नै घरमा आगो लगाउदाँ श्रीमतीको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर २ भैसीमेलामा श्रीमानले घरमा आगो लगाउदाँ श्रीमती बिन्द्रा बडालको मृत्यु भएको छ ।नौगाड गाउँपालिका वडा नम्बर २ का शेरसिँह बडालले मदिराले मात्तिएको अवस्थामा आफ्नै घरमा आगो लगाउँदा श्रीमती बिन्द्रा बडालको शव जलेर टुक्राटुक्रा भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहीले बताउनु भयो ।

घटना स्थलमा गएको डिएसपी शाहीका अनुसार मृतक बडालको शव जलेर टुक्राटुक्रा भएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइने प्रहरी प्रमुख डिएसपी शाहीले बताउनु भयो । प्रारम्भिक अनुन्धानमा शेरबहादुरले मादक पदार्थ सेवन गरेर घरमा आगो लगाएको देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले बताउनु भयो ।

घरमा बुबा आमा र तीन जना छोराछारी भएपनि उनीहरु भने सकुशल छन् । घटना बारे थप अनुसन्धान भईरहेको डिएसपी शाहीले बताएका छन । घरमा आगो लगाउने शेरबहादुर बडाललाई भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।