स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार सधैँ तयार ।

५ बर्ष अघि

२0७६ असार ८ आईतवार

स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार सधैँ तयार ।

 राम धामी असार ८ दार्चुला  । दार्चुला जिल्लाको मार्मा गाउँपालिका लगायत सुदुरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा समाजिक विकास मन्त्रालय सदैव तयार रहेको समाजिक विकास मन्त्री कृष्ण राज सुबेदीले बताउनु भयो आईतबार मार्मा गाउँपालिकामा सञ्चालन गरिएको दुर्गम ठाँउमा आयुवेदिक स्वास्थ्य शिविर उदघाटन कार्यक्रममा शुभकामना दिदै सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले उक्त कुरा बताउनु भयो । कार्यक्रमा सुदुरपश्चिम प्रदेशका उप सभामुख निर्मला बडाल जोशीले दार्चुला जिल्लामा रहेको कुरिती कुप्रर्थाको अन्त्यका लागि हामी सबै एक भएर काम गरेमा मात्रै गाउँको विकास गर्न सकिने कुरामा जोड दिएका हुन

। मार्मा गाउँपालिकामा स्वास्थ्य सुधारमा सदैव खटिरहेकाले प्रदेश सरकारले पनि सहयोग गर्ने मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले आग्रह गरेका छन । सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेश धनगडि कैलालीको आर्थिक तथा प्राविधिक सहयोग र मार्मा गाउँपालिकाको आयोजनामा असार ८ र ९ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । उदघाटन कार्याक्रममा दार्चुला जिल्लाबाट निर्वाचित प्रदेश सभासद मानबहादुर धामी र गेल्बु सिह बोहराको पनि सहभागिता रहेको थियो ।