धौलाकोटमा एक गर्भवती महिला झुण्डिएको अवस्थामा मृत फेला ।

५ बर्ष अघि

२0७६ असार ७ शनिबार

धौलाकोटमा एक गर्भवती महिला झुण्डिएको अवस्थामा मृत फेला ।

रमेश खत्री असार ७ दार्चुला । व्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटकी वर्ष अन्दाजी २० की कमला धामी कोठामै झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रबिन्द्र कठायतले बताउनु भयो । दिउँसो सबैलाई खाना पस्किएर सुत्ने कोठामा पसेकी र केही बेर पछि कोठको बाँसी(धुरी) मा झुण्डिएको अवस्थामा मृत भेटिएको पारिवारिक श्रोतले बताएको छ ।
 मृतक कमलाकी लोग्ने जयलाल धामीले दिएको जानकारी अनुसार खाना खाने बेला कोठामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक रबिन्द्र कठायतले बताउनु भयो । मृतक कमला ७ महिने गर्भवती रहेको प्रहरीले पुष्टि गरेको छ । शव पोष्टमाटका लागि जिल्ला अस्पताल दार्चुला ल्याइको छ । माइती पक्ष आइपुगेपछि शवको पोष्टमार्टम गरिने प्रहरी निरीक्षक कठायतले बताएका छन् ।