नौगाड गाउँपालिकामा दुई दिने स्वास्थ्य शिविर ।

५ बर्ष अघि

२0७६ असार ७ शनिबार

नौगाड गाउँपालिकामा दुई दिने स्वास्थ्य शिविर ।

रमेश खत्री असार ७ दार्चुला । नौगाड गाउँपालिकाकामा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना तथा नौगाड गाउँपालिकाको सहजीकरणमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । नौगाड गाउँपालिकामा जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा महिला स्वास्थ्य समस्या निदान तथा उपचार सम्बन्धी शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रबक्ता शान्ती धामीले जानकारी दिनुभयो । निःशुल्क शिविर शुक्रबारदेखि सञ्चालन गरी शनिबार शिविर समापन गरिएको प्रबक्ता धामीले बताए ।
नौगाड गाउँपालिकामा सञ्चालन गरिएको दुईदिने निःशुल्क शिविरमा जम्मा ४ सय ६२ जनाले सेवा लिएका छन् । जसमध्ये ३ सय ८० जना महिला र ८२ जना पुरुषले शिविरसमा सेवा लिएको प्रबक्ता धामीले जानकारी दिनुभयो । शिविरमा महिला गर्भवती चेकजाँच, पाठेघर सम्बन्धी चेकजाँच तथा सामान्य स्वास्थ्य चेकजाँच समेत गरिएका उहाँको भनाई छ ।