लागु औषध विरुद्धको अन्तराष्ट्रिय दिवस सुरु ।।

५ बर्ष अघि

२0७६ असार ५ बिहीबार

लागु औषध विरुद्धको अन्तराष्ट्रिय दिवस सुरु ।।

 रमेश खत्री असार ५ दार्चुला । दार्चुला लगायत देशैभर लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको उद्घाटन गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयको सर्कुलरमा दार्चुला लगायत ७७ ओटै जिल्लामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस साताव्यापी रुपमा मनाइन लागिको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताउनु भयो । असार ५ गतेदेखि ११ गतेसम्म साताव्यापी रुपमा दिवस मनाउन मन्त्रालयले गरेको सर्कुलर अनुसार देशभर आजदेखि ११ गतेसम्म विभिन्न लागु औषध दुव्र्यसनी सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना मावि खलंगामा एक औपचारिक कार्यक्रमको आयोजना गरि साताव्यापी दिवसको उद्घाटन गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 
जिल्ला प्रशासन कार्यालय दार्चुलामा असार ३ गते प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले दिवस मनाउन विभिन्न ५ ओटा निर्णय गरेको थियो । सोही निर्णय अनुसार लागु औषध दुव्र्यसनी विरुद्ध जनचेतनामुलक कार्यक्रम गरी साता व्यापी कार्यक्रम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिनु भयो ।

दिवसको आज शुभारम्भ गरिने छ भने जिल्ला प्रहरी कार्यालयले साताव्यापी रुपमा मनाइने दिवसको कार्यक्रमहरुको खाका अनुमोदन गर्ने लगायतका कार्यक्रम निर्धारण गरिएको छ । यस्तै असार १० गते संकल्प दार्चुलाको आयोजनामा लागु औषध दुव्र्यसन मुक्त नगरपालिका बनाउने सन्दर्भमा सेफ महाकाली विषयमा १८देखि ३५ वर्ष उमेर समूहका युवाहरुबीच अन्तरक्रिया कार्यक्रम गरिने छ । उक्त कार्यक्रम महाकाली नगरपालिका वडा नम्बर ८ मा गरिने छ । सोही दिन लागु औषध दुव्र्यसनी सम्बन्धी सडक नाटक समेत गरिने छ । साताव्यापी रुपमा मनाइने दिवसको अन्तिम दिन असार ११ गते महाकाली नगरपालिमाभित्रका माध्यमिक विद्यालय तह स्तरीय ‘लागु औषध दुव्र्यसन नियन्त्रणमा युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने छ । प्रतियोगितमा सहभागी छनौट लगायतका आवश्यक समन्वय तथा सहजीकरणका लागि शिक्षा विकास तथा समन्वय इकाई दार्चुलालाई अनुराधे गरिएको छ । 
यस्तै विद्यालयका अभिभावकहरुलाई लागु औषध विरुद्ध जिल्ला प्रहरी कार्यालय तथा अन्य प्रहरी इकाईहरुले प्रशिक्षण गर्ने कार्यक्रम तय गरिएको छ भने असार ११ गते विहान प्रभातफेरी गरि प्रेमसिँह धामीको शालिक छेउमा औपचारिक कार्यक्रम गरिने छ । स्थानीय तहमा समेत लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउन जिल्ला समन्वय समितिलाई अनुरोध गरिएको छ ।