सशस्त्र प्रहरीद्धारा अबैध जडीबुटी बरामद ।।

५ बर्ष अघि

२0७६ असार २ सोमबार

सशस्त्र प्रहरीद्धारा अबैध जडीबुटी बरामद ।।

रमेश खत्री असार २ दार्चुला  । दार्चुलामा सशस्त्र प्रहरीले अबैध जडीबुटी बरामद गरेको छ । नेपाल सशस्त्र प्रहरी हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलाबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक नारायणसिँह कार्कीको नेतृत्वको सशस्त्र प्रहरी टोली आठ कठ्ठा अर्थात् १ सय ९० किलोग्राम झ्याउ बराम गरेको होे ।  दुहूँ गाउँपालिका वडा नम्बर ३ कालागाड भन्ने स्थानमा महाकाली नदीमाथि अबैध रुपमा भारत तार्दै गरेको अबस्थामा आज विहान करिब ६ बजेतिर सशस्त्र प्रहरी टोलीले एक जना भारतीय नागरिक सहित झ्याउ बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले बताउनु भयो । भारतको पीथौरागढ जिल्लाको बालुवाकोटका उमेश सिँह बोहरालाई झ्याउ सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बोहरालाई पक्राउ गरि थप अनुसन्धानका लागि जडीबुटी सहित बोहरालाई अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको जिम्मा लगाइएको सशस्त्र डिएसपी चन्दले बताउनु भयो ।