२८ अर्ब १६ करोडको २० लाख ३५ हजार बजेट पारित

५ बर्ष अघि

२0७६ असार १ आईतवार

२८ अर्ब १६ करोडको २० लाख ३५ हजार बजेट पारित

 राम सिह धामी असार १ कैलाली । सुदूरपश्चिम सरकारले २८ अर्ब १६ करोडको बजेट आज पारित गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले प्रदेश सभामा २८ अर्व १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख बजेट पारित गरिएको छ। 
कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६र०७७ का लागि बजेट परित गरिएको मन्त्री बोहराले जानकारी दिनुभयो । 


मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले निर्वाचन क्षेत्र पुर्वाधार विकास  कार्यक्रम का लागि पनि बजेट छुट्याएको कुरा आईतबारको बजेट सथाबाट पारित गरिएको छ।