नेपाल भारत जोड्ने झोलुंगे पुल बन्द हुदैँ ।। 

५ बर्ष अघि

२0७६ जेष्ठ ३२ शनिबार

नेपाल भारत जोड्ने झोलुंगे पुल बन्द हुदैँ ।। 

रमेश खत्री जेष्ठ ३२ दार्चुला । नेपाल भारत जोड्ने झोलुंगे पुल ४ दिनका लागि बन्द गरिने भएको छ । नेपाल भारत जोड्ने  सदरमुकाम खलंगास्थित झोलुंगे पुल ४ दिनका लागि बन्द गर्न लागिएको हो । नेपाल भारत जोड्ने झोलुंगे पुल असार १ गतेदेखि ४ गतेसम्म पुल बन्द रहने प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले जानकारी दिनुभयो । भारती पक्षले सीमा पुलको मर्मत बारे नेपाली प्रशासनलाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय दार्चुुलालाई पत्राचार गरेपछि नेपाली प्रशासनले समेत सूचना जारी गरी झोलुंगे पुल बन्द हुने बारे जानकारी गराएको छ । नेपाल भारत जोड्ने जिल्ला सदमुकाम खलंगास्थितको झोलुंगे पुल जीर्ण बन्दै गएकाले मर्मत कार्य सञ्चालन भएकोे अवधिभर पुल बन्दको व्यस्था मिलाईदिन उप खण्ड लोक निर्माण विभाग धारचुलाले अनुरोध गरेको छ । यसअघि पनि भारतीय पक्षले  २०७५ फागुन ९ गते देखि १३ गतेसम्म मर्मत कार्य गर्ने जनाएपनि अन्त ः भारतीय पक्षले मर्मत कार्य भने गरेको थिएन । पुल समेत बन्द हुने सुचना सार्वजनिक गरिएपनि पुल बन्द पनि गरिएको थिएन । करिब २०२८ सालतिर निर्माण गरिएको उक्त पुलको प्लेटहरु जीर्ण बन्दै गएकाले फेर्ने लगायतका मर्मत गरिने बताएको छ । भारतीय पक्षद्धारा निर्माण गरिएको उक्त झोलुंगे पुलको मर्मत कार्य गरिदै आएको हो । सोही अनुसार भारतीय पक्षले नेपाल भारत जोड्ने झोलुंगे पुलको मर्मत गर्न लागेको हो ।