यार्सा पाटनमा यार्सा नपाइने यार्सा संकलकको गुनासो ।। 

५ बर्ष अघि

२0७६ जेष्ठ ३२ शनिबार

यार्सा पाटनमा यार्सा नपाइने यार्सा संकलकको गुनासो ।। 

रमेश खत्री जेष्ठ ३२ दार्चुला  । यार्सा पाटनहरुमा यो वर्ष गत वर्षको जस्तो यार्सा नपाइएको यार्सा संकलकहरुले बताएका छन् । दार्चुलाका विभिन्न यार्सा पाटनहरुमा गत वर्षको जस्तो यार्सा पाटन नपाइएको यार्सा संकलन सर्मिला धामीले बताउनु भयो । व्याँस गाउँपालिका वडा नम्बर २ स्थित दुधिबन क्षेत्रमा यार्सा संकलनका लागि गएका सर्मिला धामीले गत वर्षको जस्तो यार्सा पाइनै छोडेको बताएका छन् । विगतका वर्षहरुमा दैनिक  पाइने गरेकोमा यो वर्ष बढीमा  ओटा मात्रै पाइने गरेको यार्सा संकलक धामीले बताउनु भयो । ‘गत वर्षको जस्तो यार्सा पाइदैन, ओकाली ओराली गरेको कष्ट खेर जाने चिन्ता छ’ यार्सा संकलक धामीले भन्नु भयो । गत विगतमा पाइने यार्सा पाटनहरुमा पनि समेत यो वर्ष यार्सा नपाइने गरेके यार्सा संकलक धामीको भनाई छ । जिल्लाका यार्सा पाटनहरुमा यो वर्ष हिउँ पग्लिनसकेकाले पनि गत वर्षको जस्तो यार्सा नपाइएको हुन सक्ने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । यार्सा संकलक सर्मिला धामीले पनि यार्सा पाटनहरुमा अझै हिउँ पग्लि नसकेकाले पनि यार्सा नपाइएको हुन सक्ने बताएका छन् ।