जेसिबीले ठक्कर दिदा अटोमा सवार ४ जनाको मृत्यु 

५ बर्ष अघि

२0७६ जेष्ठ ३१ शुक्रबार

जेसिबीले ठक्कर दिदा अटोमा सवार ४ जनाको मृत्यु 

दृष्टिीकोण समाचार जेष्ठ ३१ गते
कञ्चनपुर जिल्लाको महेन्द्रनगर गड्डा चौकी सडक खण्डमा आज बिहान सडक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
पुर्वपश्चिम राजमार्गको महेन्द्रनगर गड्डाचौकी सडक खण्डमा पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसिबीले मे१ह ७६३ नंको अटोरिक्सा लाई ठक्कर दिदा अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको थियो भन १ जनाको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृत्यु हुनेमा बैतडी जिल्ला देहिमाण्डु २ बस्ने ३८ वर्षिया किशन सिंह बोहरा, कास्की पोखरा पृथ्वीचोक की ३५ वर्षिया बिना रिजाल , भारत उत्तरप्रदेशका ५८ वर्षिया तिल प्रशाद र अटोचालक भीमदत्तनगरपालिका ११ का प्रेम थापा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
घाइते हुनेहरुमा कञ्चनपुरको बेल्डाडी ७ का २६ वर्षिया सन्तोस लुहार, वैतडि देहिमाण्डु २ की ३२ वर्षिया लक्ष्मी बोहरा र उनका अन्दाजी ३  बर्षिया छोरा रहेका छन भने भीमदत्त नगरपालीका १० एक जना  साईकल यात्री जगदिश पार्की समेत घाईते भएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञान बहादुर विष्टले जानकारी दिनु भएको छ । जेसिबि चालक भने फरार रहेका छन ।