जबरजस्ती करणी गरि फरार अभियुक्त ३ महिना पछि पक्राउ

५ बर्ष अघि

२0७६ जेष्ठ ३१ शुक्रबार

जबरजस्ती करणी गरि फरार अभियुक्त ३ महिना पछि पक्राउ

दृष्टिकोण समाचार जेष्ठ ३१,दार्चुला । जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त तीन महिना पछि पक्रउ परेका छन् । दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं २ मैखोली बस्ने बर्ष २०का महेश दमाइले २०७५ फागुन २८ गते बेलुकी पसलमा कोही नभएको मौका छोपी १७ बर्षीय अञ्जना (नाम परिवर्तन) लाई जबरजस्ती करणी गरी फरार रहेका थिए ।जबरजस्ती करणी भएको कुरा  आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गरेका हुन।   जवरजस्ती करणी गरेको भन्दै दमाइको नाममा करणी सम्बन्धी मुद्दा दर्ता गरीएको थियो । बिहिबार विशेष सुराकीको आधारमा अभियुक्त महेश राम दमाई आफ्नै घरमा लुकीछिपि बसेको अवस्थामा  ३० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिनु भयो । अभियुक्त दमाइलाई जिल्ला अदालत दार्चुला बाट ७ दिनको म्याद थप गरी प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला  प्रहरी कार्यालय दार्चुलाले जनाएको छ  ।