निशुल्क सेनेटरी प्याड दिने ज्ञानेश्वर मावि जिल्लाकै पहिलो ।।

५ बर्ष अघि

२0७६ जेष्ठ ३१ शुक्रबार

निशुल्क सेनेटरी प्याड दिने ज्ञानेश्वर मावि जिल्लाकै पहिलो ।।

डि आर भट्ट, जेष्ठ ३१, बैतडी । बैतडीमा एक सामुदायिक विद्यालयले किशोरीहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गरेको छ । पाटन नगरपालिका ९ अन्तगतको ज्ञानेश्वर माविले उक्त बिद्यालयमा अध्यनरत किशोरीहरुलाई महिनावारी भएको बेला प्रयोग गर्ने सेनेटरी प्याड वितरण गरेको हो । विद्यालयमा अध्यनरत छात्राहरुलाई निशुल्क प्याड वितरण गरेको विद्यालयका प्रधानाध्यापक तर्कराज भट्टले जानकारी दिनुभयो । महिनावारी भएको बेला पनि किसोरीहरुले बिद्यालय आउन बन्चित नहुन भन्ने हेतुले बिद्यालयमै निर्माण गरीएको सेनेटरी प्याड बितरण गरेको उहाले बताउनुभयो । महिनावारी भएका बेला ४ दिन सम्म बिद्यालयमा अध्यानरत किसोरकीहरु बिद्यालय नआउने परम्परालाई अन्त्य गर्न विद्यालयमा नै उत्पादन गरेर प्याड वितरण गरिएका बिद्यालयले जनाएको छ ।

प्रधानाध्यापक भट्टका अनुसार वटा १ सय ३५ जना छात्राहरुलाई ४ ÷४ वटा गरी ४ सय ५० सेनेटरि प्याड निशुल्क वितरण गरिएको छ । विद्यालयको आफनै लगानिमा सेनेटरि प्याड निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश विष्टले बताउनुभयो । विद्यालयमा किशोरिहरुको नियमितामा वृद्धी गरी शैक्षीक गुणस्तरलाई सुधार गर्न समेत यस कार्यक्रमले सघाउ पु¥याउने भएकाले किशोरीहरुबाट प्याड निर्माण गर्न लगाइएको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महारले बताउनुभयो । विद्यालयले प्रशिक्षकको व्यवस्था गरेर छात्राहरुलाइ सेनेटरिप्याड बनाउन सिकाएको थियो । विद्यालयमा उत्पादन गरेर किशोरिहरुलाइ वितरण गरिएका सेनेटरिप्याडबाट विदालयमा नियमिता बढाउने जोडदिदै संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला संयोजक गणेश शाहीले साहिले यसले किशोरिहरुलाइ विभिन्न रोगहरुको संक्रमणबाट समेत जोगाउने बताउनुभयो ।

सरकारले अगामि आर्थि वर्षबाट सामुदायिक विद्यालयमा निशुल्क प्याड वितरण गर्ने घोषणा गरेका बेला ज्ञानेश्वर मावि आफ्नै लगानिले विद्यालय स्तरबाट निशुल्क प्याड वितरण गर्ने पहिलो सामुदायिक विद्यालय बनेको छ । यसरी विद्यालयमै उत्पादन गराएर छात्राहरुलाइ निशुल्क प्याड वितरण गर्ने जिल्लाकै नभएर देशकै पहिलो सामुदायिक बिद्यालय रहेको दाबि गरीएको छ । ज्ञोनेश्वर माध्यमिक बिद्यालय पछिल्लो समय शैक्षीक तथा भौतिक क्षेत्रमा नमुनाको रुपमा रुपान्तरण भइरहेको छ ।