नैगाड गाउँपालिकाका शिक्षण संस्थाहरुमा सार्वजनिक विदा ।  

५ बर्ष अघि

२0७६ जेष्ठ ३१ शुक्रबार

नैगाड गाउँपालिकाका शिक्षण संस्थाहरुमा सार्वजनिक विदा ।  

रमेश खत्री जेष्ठ ३१ दार्चुला । नौगाड गाउँपालिकाका शिक्षण संस्थाहरुमा आज सार्वजनिक विदा दिइएको छ । नौगाड गाउँपालिकामा जेठ २८ गते घटेको घट्नामा प्रति शोक व्यक्त गर्दै गाउँपालिकाले सबै विद्यालयहरुमा आज सार्वजनिक विदा दिएको निमित्त प्रमुख प्रशासकीय अघिकृत मानसिँह ठगुन्नाले बताउनु् भयो । नौगाड गाउँपालिका वडा नम्बर ४ स्थित गणेश विनायक मावि सिप्टीको पुरानो शौचालयको सेफ्टी ट्यांकी भास्सिदाँ ४ जना बालबालिकाको ज्यान गएको दुःखद् घटनामा शोक मनाउन गाउँपालिकाले शिक्षण संस्थाहरुमा आज सार्वजनिक विदा दिएको हो ।

विद्यालयको पुरानौ शौचालयको सेफ्टी ट्यांकी माथि विद्यालय बन्द समयमा खेल्ने क्रममा ४ जना बालबालिकाको ज्यान गएको थियो । विद्यालयमा घटेको दुःखद घट्नामा आज गाउँपालिकाभरी रहेका विद्यालयमा शोक मनाउन सार्वजनिक विदा दिने निर्णय भएको हो । गाउँपालिकाका कर्मचारीहरुको बैठकले आज गाउँपालिकाभरी रहेका विद्यालयहरुमा विदा दिने निर्णय अनुसार विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मानसिँह ठगुन्नाले जानकारी दिनुभयो । निर्णय