पस्तीमा निःशुल्क स्वास्थ्य शिविर 

५ बर्ष अघि

२0७६ जेष्ठ २८ मंगलवार

पस्तीमा  निःशुल्क स्वास्थ्य शिविर 

दृष्टिकोण समाचार, जेठ २८ दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा महिलाहरुको स्वास्थ्य समस्याको निदान तथा उपचार सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा जेठ २७ र २८ गते मालिकार्जुन गाउँपालिका केन्द्रमा रहेको शंकरपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको छ । शिविरमा विषेशगरी महिलाहरुको समस्या, गर्भवती महिलाको चेकजाँच, पाठेघर सम्बन्धीको समस्या, रगतमा हेमोग्लोविन तथा सुगरको परिक्षण लगायत  अन्य रोगको उपचार भईरहेको मालिकार्जुन स्वास्थ्य शखा प्रमुख गुणराज ओझाले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय दार्चुलका एमडिजिपी डा. दिपेशद्धमंगल जोशी, डा. धर्मान्द जोशीको टोलीले शिविरमा उपचार दिईरहेका छन् । जेठ २७ गते १ सय ७२ जनाले उपचार गराएका छन् । मंगलबार पनि शिविरमा उपचार गर्नेहरुको भिड रहेको छ ।