स्थानीय तहमा चौमासिक समीक्षा तथा अभिमुखिकरण

५ बर्ष अघि

२0७६ जेष्ठ २८ मंगलवार

स्थानीय तहमा चौमासिक समीक्षा तथा अभिमुखिकरण

दृष्टिकोण समाचार, जेठ २८ दार्चुला । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा जेठ २७ र २८ गते मालिकार्जुन गाउँपालिकामा चौमासिक समीक्षा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 
मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीको अध्यक्षमा भएको समिक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउनु भएको छ । 
कार्यक्रममा मालिकार्जुन गाउँपालिका अन्तरगतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । समीक्षा तथा अभिमुखिकरण कार्यक्रममा मालिकार्जुन पालिकाको स्वास्थ्य सेवा सञ्चालन तथा त्यस क्षेत्रमा देखिएका विभिन्न स्वास्थ्य समस्याहरुको निदानका बारेमा छलफल गरिएको छ ।
कार्यक्रममा मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखा उपसंयोजक रामदत्त भट्टले कार्यक्रम सञ्चालन गर्नु भएको छ ।