नेकपा जिल्ला कमिटी दार्चुलाले पायो औपचारिकता (नामावली सहित)

५ बर्ष अघि

२0७६ जेष्ठ २७ सोमबार

नेकपा जिल्ला कमिटी दार्चुलाले पायो औपचारिकता (नामावली सहित)

रमेश खत्री, जेठ २७ दार्चुला । नेकपा एमाले र नेकपा माओवादी बीच एकीकरण भएको झण्डै डेढ बर्ष पछि पार्टी एकताले औपचारिकता पाएको छ । नेकपा दार्चुलाले आज विधिवत रुपमा पार्टी एकता पछि औचारिक रुपमा जिल्ला कमिटीका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । जिल्ला सदरमुकाम खलंगामा एक समारोहकाबीच नेकपा दार्चुलाका एक सय ३५जनाले जिल्ला कमिटि पदाधिकारीको सपथ लिएका हुन् ।
नेकपाका जिल्ला कमिटी अध्यक्ष गणेश खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका सुदुरपश्चि प्रदेश इन्चार्ज भिम रावल, सहइन्चार्ज लक्ष्मतदत्त जोशी, नेकपाका नेता लेखराज भट्ट, कर्णबहादुर थापा, दार्चुलाबाट निर्वाचित पार्टी केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना, नेप चौधरी, मानबहादुर धामी, गेल्बुसिह बोहरा लगायतका नेताहरुको उपस्थितिमा सपथ ग्रहण कार्यक्रम गरिएको हो ।
दार्चुला जिल्ला कमिटीमा रहेका नेताहरुको नामावली